Logo

लकडाउनमा के एल दुगड समुहको परोपकारी काम, विभिन्न स्थानका ७५० परिवारलाई खाद्यान्न बितरण

लकडाउनमा के एल दुगड समुहको परोपकारी काम, विभिन्न स्थानका ७५० परिवारलाई खाद्यान्न बितरण



काठमाडौं । केएल दुगड समुहले मोरङको बुढीगंगा गाउपालिकाका ४ सय ५० परिवारलाई कोभिड १९ राहत सामाग्री वितरण गरेको छ । बुढीगंगा गाउपालिकाको वडा नम्बर ५ को सहकार्यमा वडा न ४ समेत गरी ४ सय ५० परिवारलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरेको हो ।
उक्त समुहले १० किलो चामल, २ किलो आटा, दाल १ किलो , आलु २ किलो, खाने तेल १ लिटर, नुन १ किलो गरी कुल १६ किलो को फेमिली प्याक बनाएर वितरण गरेको थिए ।

राहत वितरण कार्य गाउपालिका प्रमुख बाल चन्द्र माझी, वडा अध्यक्ष रमेश खनाल, ईलाका प्रहरी प्रमुखहरुको उपस्थितीमा गरिएको थियो । समुहका विराटनगर स्थित महाप्रबन्धक रामरसिक ठाकुरले वडा कार्यालयको समन्वयमा दैनिक ज्यालादार मजदुर वर्ग, गरीब असहायहरु पहिचान गरी खाद्य सामाग्री वितरण गरेको छन् ।

यो समुहले मुलुकमा अप्ठेरो परेको अवस्था तथा संकटका बेला जहिले पनि राहत बितरण गर्दै आइरहेको र भविष्यमा पनि गरिरहने कुरा ब्यक्त गरेका छन् ।
त्यसै गरी उक्त समुहले चितवनको राप्ती नगरपालिका (भन्डारा र खैरहनी नगरपालिका (पर्सामा पनि प्रति नगरपालिका १५० परिवारको दरले कुल ३०० परिवारको लागि खाद्यान्न सामाग्री बितरण गरेको छ भने रत्ननगर नगरपालिका (टाडिमा भोली बैशाख २ गते १५० परिवारलाई खाद्य सामाग्री बितरण कार्य रहेको के एल दुगड समुह ले जनाएको छ ।

साथै उक्त समुहले १ हप्ता अगाडि बाके जिल्लाको नेपालगञ्ज, कोहलपुर क्षेत्रमा पनि ४५० परिवारलाई प्िरत परिवार १५ केजीका दरले खाद्यान्न सामाग्री बितरण गरेको थियो । यस कोरोना महामारीको निमत्याएको संकटको बेला समुहले कुल १३५० परिवारलाई खाद्यान्न तथा राहत सामाग्री बितरण गरिसकेको र थप बितरण कार्य जारी रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्