Logo

कोरोनाको रेड जोनमा पर्दै काठमाडौं, पेप्सीकोलामै भेटियो ३ जनामा कोरोना पोजेटिभ

कोरोनाको रेड जोनमा पर्दै काठमाडौं, पेप्सीकोलामै भेटियो ३ जनामा कोरोना पोजेटिभ



काठमाडौं । काठमाडौंमै ३ जनामा कोरोना संक्रमण भेटिएको छ । काठमाडौंको पेप्सीकोलाको सन सिटीमा बस्दै आएका ३ जनाका कोरोना भेटिएको हो । उक्त अपार्टमेन्टको १५ औं तलामा बस्दै आएका एकै परिवारका आमा, छोरो र बुहारीमा र्यापिड डायग्नोष्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको हो ।

विदेशबाट आएका नेपालीहरुको र्यापिड टेष्ट गर्ने क्रममा एकै परिवारको ३ जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘विदेशबाट आएका मध्ये कागेश्वरी मनहरा नगरपालिका स्थित नगर अस्पतालमा बैशाख २ गते विदेशबाट आएका मध्ये ३६ जनाको र्यापिड टेष्ट गरिएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘जसमध्ये वेलायतबाट आएका ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।’

मन्त्रालयका अनुसार चैत ५ गते आएको तर क्वारेनटाईनमा बसेका ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । हाल उनीहरुको स्वाव टेष्टको लागि पाटन अस्पताल पठाइएको र विशेषज्ञबाट रिपोर्ट आएपछि मात्र सो विषयमा यथेष्ट जानकारी गराईने मन्त्रालयले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्