Logo

देश कोरोनामुक्त नभएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा, सम्पूर्ण पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

देश कोरोनामुक्त नभएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा, सम्पूर्ण पारिश्रमिक राहत कोषमा जम्मा गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नसकिएसम्म आफु पारिश्रमिक नलिने घोषणा गरेका छन् । नयाँ बर्ष २०७७ को अवसरमा शुभकामना दिँदै उनले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन ।

सोमबार सम्पुर्ण देशबासीलाई नयाँ बर्षको शुभकामना दिँदै उनले नेपाली जनताको सहजताका लागि आफ्नो गाँस काटेर भएपनि सहयो गर्ने बताएका छन । उनले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको महामारीसँग लड्न सक्दो सहयोग अनुरुप आफ्नो पारिश्रमिक कोषमा जम्मा गर्ने बताएका हुन ।

यस्तै उनले नेपालमा छिटफुट देखिएको कोरोना संक्रमण रोक्न देशका सबै निकाय मिलेर र जनताको सहयोग आवश्यक रहेको बताए । उनले कोरोनाविरुद्धको संघर्षमा मित्र राष्ट्रहरुबाट प्राप्त सदभाव, ऐक्यबद्धता र सहयोगप्रति आभार प्रकट पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्