Logo

चीनको सियान महानगरद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग, पीपीईदेखि भेण्टिलेटरसम्म आउँदै

चीनको सियान महानगरद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग, पीपीईदेखि भेण्टिलेटरसम्म आउँदै



काठमाडौं । चीनको साङ्सी प्रान्तमा रहेको सियान महानगरपालिकाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त महानगरले कोभिड–१९ (कोरोना भाईरस) महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपालको बुटवल उपमहानरपालिका, काठमाडौँ र धुलिखेलका अस्पतालहरुमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

उक्त महानगरपालिकाले ३० हजार मेडिकल मास्क, १ हजार एन९५ मास्क, ५ सय थान पिपिइ तथा थर्ममिटर, भेन्टिलेटरलगायतका गरि १ करोड ८ लाख रुपैयाँबराबरको सहयोग सामग्री उपलब्ध गराएको हो । नेपाल ट्रान्स हिमालयन सोसाइटीमार्फत उपलब्ध गराइएका ती सहयोग सामग्री छिट्टै नेपाल सरकारलाई प्रदान गरिने सोसाइटीका अध्यक्ष प्रा डा राजिवकुमार झाले जानकारी दिएका छन ।

सियान महानगरपालिका र नेपालको बुटवल उपमहानरपालिकाबीच गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका समयमा भगिनी सम्बन्ध कायम भएको थियो । त्यसैले सियान नगरले बुटवललाई सहयोग सामग्री प्रदान गरेको हो ।

उक्त सोसाइटीका अध्यक्ष प्रा डा झाले ती सामग्रीहरु चीनमा रहेको नेपाली दूतावासमार्फत नेपाल सरकारलाई प्राप्त हुने जानकारी दिँदै चीनमा भाइरसको प्रकोप बढेका बेला नेपालले मास्कलगायत सहयोग सामग्री उपलब्ध गराउँदा चीन सरकार निकै खुशी भएको उल्लेख गरे । यी सामग्रीहरु पर्याप्त नभए पनि यतिखेर कोरोना भाइरसको सम्भावित संक्रमणका विरुद्ध लडिरहेको नेपालका लागि थोरै भए पनि सहयोग सिद्ध हुने उनको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL