Logo

महालक्ष्मी लाईफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, कोरोना कोषमा १३ लाख ३४ हजार सहयोग

महालक्ष्मी लाईफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, कोरोना कोषमा १३ लाख ३४ हजार सहयोग



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ ।

इन्स्योरेन्सले विश्वपव्यापी महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड(१९) को बिरामी नेपालमा पनि देखा परिसकेको अवस्थामा सरकारलाई सहयोग स्वरुप ७ लाख ५० हजार रुपैयाँ सहयोग गरको हो ।

साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले आफ्नो मासिक प्राप्त हुने २ महिनाको तलब बराबरको रकम ५ लाख ८४ हजार रुपैयाँ गरी कुल १३ लाख ३४ हजार रुपैयाँ कोषमा जम्मा गरेको छ ।

कम्पनीले राष्ट्रिय बाणिज्य बैंकको कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा सिद्धार्थ बैंकमार्फत जम्मा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL