Logo

अर्बपति बिल गेट्सको चेतावनी : कोरोना बिरूद्वको खोप नआउँदासम्म विश्व पहिलाको अवस्थामा फर्किन सक्दैन

अर्बपति बिल गेट्सको चेतावनी : कोरोना बिरूद्वको खोप नआउँदासम्म विश्व पहिलाको अवस्थामा फर्किन सक्दैन


बिजखबर संवाददाता
2.1k
Shares

काठमाडौं । अमेरिकी अर्वपनि बिल गेट्सले विश्व कोरोना भाईरसको भ्याक्सिन नबनेसम्म पुरानै शैलिमा फर्किन नसक्ने चेतावनी दिएको छ । उनले बीबीसीसँग कुरा गर्दै खोपको विकासनै संसारलाई पहिलेकै शैलीमा फर्काउन सकिने एकमात्र उपाय भएको बताएका हुन।

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले यसको निदानका लागि विगतमा लगानी नगरेको समेत बताएका छन् । उनले कोरोनाको महामारीलाई तत्काल रोकथाम गर्नका लागि कुनै लगानी गरेको भए यसमा धेरै सफलता पाउन सकिने समेत उल्लेख गरेका छन ।

उनले एक समय विश्वमा भविष्यमा आईपर्ने कोरोनाजस्ता महामारीका लागि आवश्यक तयारी गर्नुपर्नेमा पनि जोड दिँदै आईरहेको बताए । उनले यसलाई हालसम्मकै विषम जोखिम समेत भनेको स्मरण गरेका छन् ।

सन् २०१५ को एउटा सम्बोधन तथा न्यू इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसिनमा यस्ता सम्भाव्य खतराबारे औँल्याइएको तर त्यसअनुसार आवश्यक लगानी भने गर्न नसकिएको उनले सम्झना गरेका छन्।

कोरोनाभाइरस सङ्क्रमणका विवरणमा आएका पहिलो केही महिनामा पनि खासगरि परीक्षणसम्बन्धी काम अपेक्षाकृत हुन नसकेको भन्दै उनले संसारका थोरै देशहरूले मात्र महामारीसँग जुझ्न गतिलो काम गर्न सकेको बताए।

अहिले विश्वनै हालसम्मकै सबभन्दा आवश्यक खोप निर्माणको दौडमा लागेको उनले बताएका छन्। गेट्सको परोपकारी फाउन्डेसनले पनि खोप निर्माणको अनुसन्धान र विकासमा मद्दत गरिरहेको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्