Logo

सेजको कार्यकारी निर्देशकमा ५ जना सिफारिस, प्रस्तुतीकरणका लागि सोमबार बोलाइयो

सेजको कार्यकारी निर्देशकमा ५ जना सिफारिस, प्रस्तुतीकरणका लागि सोमबार बोलाइयो


रामराजा श्रेष्ठ
0
Shares

आविष्कार खड्का

२२ साउन, काठटमाडौं । सेजको कार्यकारी निर्देशकमा ५ जना सिफारिस भएका छन् । कार्यकारी निर्देशकका लागि ८ जना उम्मेदवारले आवेदन दिएकोमा योग्यताको आधारमा ५ जना सिफारिस गरिएको उद्योग मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार शैक्षिक योग्यता, कार्य अनुभव र अवधारणपत्रको आधारमा ५ जना उम्मेदवारलाई सर्टलिष्टमा छानिएको हो । जसमा आनन्द अधिकारी, चण्डिकाप्रसाद भट्ट, नविनप्रकाश पौडेल, राजकुमार सिंह र विनोद अर्याल रहेका छन् ।

सर्टलिष्टमा परेका उम्मेदवारहरुलाई प्रस्तुतिकरणका लागि आगामी सोमबार बोलाइने भएको छ । उनीहरुलाई सोमबार ११ बजे उद्योग मन्त्रालयको सभाहलमा बोलाइएको मसेत मन्त्रालयले जानकारी दिएको छ । साथै, उम्मेदवारले दिने प्रस्तुतिकरणको डिजिटल कपी एकदिन अगावै विशेष आर्थिक क्षेत्र समिति बवरमहलमा बुझाउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL