Logo

प्रभु पेको साधरण मोवाईल वालेट सेवा संचालनमा, यसरी लिन सकिन्छ सेवा

प्रभु पेको साधरण मोवाईल वालेट सेवा संचालनमा, यसरी लिन सकिन्छ सेवा



काठमाडौं । प्रभु पेले स्मार्ट फोन नहुने विपन्न बर्गलाई लक्षित गरी मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ । उक्त सुविधा अन्तरगत (१२३४ अंकमा लेखिएका र एबीसीडी लेखिएका) बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सक्नेछन ।

उक्त सेवा युएसएसडीमार्फत मोवाइल रिचार्ज, टेलिफोन विल भुक्तानी, टेलिभिजन विल भुक्तानी तथा इन्टरनेटलगायतका विल भुक्तानी घरमा बसीबसी गर्न सकिने प्रभु पेले जानकारी दिएको छ । साथै उक्त सेवाबाट रेमिटान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने छ ।

विशेषगरी स्मार्ट फोन नहुने विपन्न बर्गले आफ्नो सामान्य मोवाइल ‘बारफोन’ बाट यो सेवा संचालन गर्न सक्नेछन् । कोरोना संक्रमणको बेला देशमा जारी लकडाउनको अबस्थामा मोवाइल वालेटबाटै समपूर्ण बैंकिङ कार्यहरु भइरहेको अबस्थामा बारफोन प्रयोगकर्ताहरु सोबाट बचित भइरहेकाले उक्त सेवा संचालनमा ल्याएको प्रभु पेले जानकारी दिएको छ ।

प्रदेश नं. ६ र ७ लगायत सुदुरपश्चिममा सरकारले समेत कोरोना संक्रमणको उच्च जोखिममा राखेको अबस्थामा स्मार्ट फोन पनि नहुने र हिडडुल गर्न पनि नपाउने अवस्थालाई लक्षित गरी एनसेलसँगको सहकार्यमा प्रभु पेले उक्त सुविधा संचालनमा ल्याएको हो ।

जसबाट म्यासेजहरु आदान प्रदान गर्दा शुल्क लाग्ने छैन । यो सेवा ग्रामिण क्षेत्रलाई वित्तीय पहुँच पुर्याउनका साथै टाढाटाढा घर भएर नगद कारोबार गर्न नसक्ने व्यक्तिका लागि अति प्रभावकारी हुने प्रभुपेको विश्वास रहेको छ ।

प्रयोग गर्ने तरीका

एनसेल सिम भएका साधारण फोन प्रयोगकर्ताले आरजीसहित कम्तिमा ४ डिजिटको आफुले रोजेको नम्बर लेखि ३१०४१ मा एसएमएस गरे पछि प्रयोगकर्ताको एनसेल नम्बर प्रभु–पेमा रजिष्र्टरड हुन्छ । प्रयोगकर्ताले स्टार ३१०४१ स्टार एमपिन ह्यास थिचेपछि बिभिन्न सुबिधाहरु मोबाइलमा देखिनेछ ।

प्रयोगकर्ताहरुले मोबाइलको स्क्रिनमा देखिएको नम्बर थिच्दै आफुलाई चाहिएको सुबिधा खोजेर कारोबार गर्न सक्ने प्रभु पेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL