Logo

नेपालमा कोरोना संक्रमित १२ मध्ये ४ जना महिला ८ जना पुरुष, काे कहाकाे (सूचिसहित)

नेपालमा कोरोना संक्रमित १२ मध्ये ४ जना महिला ८ जना पुरुष, काे कहाकाे (सूचिसहित)



काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२ पुगेको छ । यस अघि ९ जना मात्रै रहे पनि आईतबार एकै दिनमा ३ जना भारतीयमा उक्त भाईरस संक्रमण भए पछि संक्रमितको संख्या १२ जना पुगेको हो ।

ति भारतीय नागरिक ३ जना मुस्लिम धर्मगुरु भएको बुझिएको छ । उनीहरु ३ जना बिरगञ्जमा रहेको र हाल अस्पताल भर्ना गरिसकेको छन । यसअघि कोरोना संक्रमित नौ जनामध्ये आठजना युरोप, खाडी मुलुक, चीन र भारतबाट फर्केकाहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि संक्रमित तीनजना ४ चैत्रमा काठमाडौं उत्रिएको कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानका यात्रु हुन् । सो विमानमा यात्रा गरेका तीनजना महिलाहरुलाई संक्रमण भेटिएको हो । जसमध्ये दुईजना बाग्लुङका र एकजना काठमाडौंका छन् । कोरोना संक्रमण पत्ता लागेको छैठौं संक्रमित बाग्लुङकी ६५ वर्षीया महिला हुन् र उनको उपत्यकाबाहिरै उपचार भइरहेको छ । उनीहरु सबै अस्पतालमा उपचाररत छन् । दुईजना भने भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।

संक्रमितहरुको विवरण :

पहिलो संक्रमितः चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको
दोस्रो संक्रमितः फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
तेस्रो संक्रमितः युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
चौंथो संक्रमितः युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
पाचौं संक्रमितः बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
छैठौं संक्रमितः फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको
सातौं संक्रमितः भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
आठौं संक्रमितः भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
नवौं संक्रमितः कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको
दशौं संक्रमितः वीरगञ्जको मस्जिदमा बस्दै आएका भारतीय नागरिकको ३० चैत्रमा पत्ता लागेको
एघारौं संक्रमितः वीरगञ्जको मस्जिदमा बस्दै आएका भारतीय नागरिकको ३० चैत्रमा पत्ता लागेको
बाह्रौं संक्रमितः वीरगञ्जको मस्जिदमा बस्दै आएका भारतीय नागरिकको ३० चैत्रमा पत्ता लागेको

प्रतिक्रिया दिनुहोस्