Logo

धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा गिरी र पौडेल, ७ वर्षे कार्यकाल

धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा गिरी र पौडेल, ७ वर्षे कार्यकाल


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा २ जना कार्यकारी निर्देशक नियुक्त भएका छन् । बोर्डले कार्यकारी निर्देशकको पद सिर्जना गरी नियुक्त गरेको हो ।

कार्यकारी निर्देशकमा निरज गिरी र परिष्ठ पौडेललाई नियुक्त गरिएको बोर्डले जानकारी दिएको छ ।

केही समय अघि अर्थमन्त्रालयले कार्यकारी निर्देशक पद थप्नका लागि धितोपत्र बोर्डलाई सहमति दिएको थियो । सोही अनुसार पदपुर्ति समितिले उनीहरुलाई विहीबार नै कार्यकारी निर्देशकमा बढुवा गर्न सिफारिस गरेको थियो ।

कार्यकारी निर्देशकको कार्यकाल ७ वर्षको हुनेछ । उनीहरुले शुक्रबारबाटै कार्यभार सम्हालेका छन् । जसमध्ये गिरीले नियमन र प्रशासन विभाव हेर्नेछन् भने पौडेलले सुपरीवेक्षण र अनुसन्धान विभाव सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL