Logo

नेपालमा थप ३ जनामा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या १२ पुग्यो

नेपालमा थप ३ जनामा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या १२ पुग्यो



काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार गराइरहेका तीनजना भारतीय नागरिकमा कोरोना संक्तमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको रिर्पोट पोजेटिभ आएको प्रयोगशाला स्रोतले बताएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएकोमा तीन जनाको नतिजा छुट्याउन नसकेपछि टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्रोतले त्यसको पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले आईतवार आधिकारीक जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ । ३ जना थपिएसँगै नेपालमा कोरोना भाइरसको संक्रमित व्यक्तिको संख्या १२ पुगेको छ । संक्रमित तिनै जना नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।

छकपैया यतिनखानामा शरण लिएर बसिरहेका तीनै जनाको सम्पर्कमा रहेकालाई क्वारेन्टाइनमा राखिएको छ । तीनै जना धार्मिक गुरुहरु रहेको र उनिहरु दुई साताअघि मात्र मस्जिदमा आएका थिए। बिहीबार स्क्रीनिङको क्रममा भने उनीहरुले ४ महिना अगाडि भारतबाट नेपाल प्रवेश गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्