Logo

प्रधानमन्त्रीले गरे मुख्यमन्त्रीहरुसँग ‘भर्चुअल’ बैठक, भन्छन्-लकडाउन तत्काल खुल्दैन

प्रधानमन्त्रीले गरे मुख्यमन्त्रीहरुसँग ‘भर्चुअल’ बैठक, भन्छन्-लकडाउन तत्काल खुल्दैन



काठमाडौं। प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसले पारेको प्रभाव र प्रदेश सरकारले गरिरहेको कामका बारेमा मुख्यमन्त्रीहरुसँग कुराकानी गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्रीहरुसँग कोभिड–१९ महामारीविरुद्ध भइरहेको कामबारे छलफल गरेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । कन्फ्रेन्स कोभिड–१९ को रोकथाम, उपचारमा भइरहेका काम र तयारीमा केन्द्रित रहेको थियो ।

कोभिड–१९ सँग जुध्‍न अन्तरप्रदेश र संघसँगको समन्वय पनि भिडिओ कन्फ्रेन्सको मुख्य अजेण्डा रहेको थियो । मुख्यमन्त्रीहरूले कोरोना भाइरस संक्रमणबाट बच्‍न प्रदेश सरकारले गरिरहेका कामको रिपोर्टिङ गरेका थिए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन ११ चैतदेखि जारी लकडाउन दोस्रो पटक अवधि बढाएर ३ वैशाखसम्म लम्ब्याइएको छ।

दुई दिनअघि सरकारले उपत्यकामा डेरा गरेर बसेका तर लकडाउनका कारण घर फर्किन नपाएकाहरूलाई घर फर्काउन गरेको निर्णय प्रदेश सरकारले असहमति जनाएका कारण फिर्ता लिएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL