Logo

मुटुमा समस्या देखिएपछि प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारको एन्जिओप्लास्टी, यस्तो छ अवस्था

मुटुमा समस्या देखिएपछि प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारको एन्जिओप्लास्टी, यस्तो छ अवस्था


बिजखबर संवाददाता
1.6k
Shares

मुटुमा समस्या देखिएपछि प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारको एन्जिओप्लास्टी, यस्तो छ अवस्थाकाठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा नेता डा. राजन भट्टराई अस्पताल भर्ना भएका छन् । शुक्रबार साँझ उनको मुटुमा अचानक समस्या आएपछि महाराजगन्जस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।

शुक्रबार राति नै स्वास्थ्यमा समस्या आएर उनलाई अस्पताल लगिएको थियो । मुटुको भल्भमा समस्या भएपछि उनको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनको अवस्था सामान्य भइसकेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको दायाँतर्फको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको र अहिले अवस्था सामान्य रहेको अस्पतालको भनाई छ ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्