Logo

सातै प्रदेशका मुख्य मन्त्रीसँग भिडियो कन्फ्रेन्स गर्दै प्रधानमन्त्री, कोरोना रोकथामका लागि विशेष पहल

सातै प्रदेशका मुख्य मन्त्रीसँग भिडियो कन्फ्रेन्स गर्दै प्रधानमन्त्री, कोरोना रोकथामका लागि विशेष पहल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान सातै प्रदेशका मुख्य मन्त्रीहरुसँग भिडिओ कन्फ्रेन्स गर्ने भएका छन ।

उनले कोभिड १९ का विषयलगायत समसामयिक विषयमा प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडिओ कन्फ्रेन्स गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार उक्त भिडिओ कन्फ्रेन्स केही बेरमा सुरु हुनेछ ।

सचिवालयका अनुसार प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच कोरोना भाईरस रोकथामका लागि भइरहेको तयारी र आगामी रणनीतिबारे छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL