Logo

नेशनल लाईफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, कोरोना कोषमा ५१ लाख सहयोग

नेशनल लाईफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, कोरोना कोषमा ५१ लाख सहयोग



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीको संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको संचालक समितिको सदस्य भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत, नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीलगायतको सहभागिता रहेको थियो ।

उक्त सहयोगले कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL