Logo

जुनदेशसँग व्यापार छैन त्यहि देशका वाणिज्यदूत छन् कालोबजारी सुलभ अग्रवाल

जुनदेशसँग व्यापार छैन त्यहि देशका वाणिज्यदूत छन् कालोबजारी सुलभ अग्रवाल



काठमाडौं । कालोबजारीको आरोपमा पक्राउ गरेको शंकर ग्रूपका प्रबन्ध निर्देशक सुलभ अग्रवाल नेपालसँग ब्यपारनै नभएको देशको अवैतानिव वाणिज्यदूत भएर नेपालमा कालोधन्दा चलाउन उद्धत भएको भेटिएको छ ।

शक्तिको दूरुपयोग गर्दै नेपालसँग व्यापारिक सम्बन्ध नै भएको कीगिस्तानको अवैतानिव वाणिज्यदूत बनेर देशमा कालोबजारीदेखि भ्याटछलीजस्ता क्रियाकलापमा अग्रवालको संलग्नता रहको बुझिन आएको छ ।

देशमा चालू आर्थिक बर्षको ८ महिनामा ९ अर्ब रुपैयाँको आयात भएकोमा अग्रवाल राजदूत भएको कीर्गिस्तानबाट सोही अबधिमा जम्मा १२ हजार २ सय रुपैयाँको आयात भएको सरकारी तथ्याङ्कले देखाएको छ । गत आवमा भने कीर्गिस्तानसँग नेपालको कुनै वैदेशिक व्यापार भएको छैन ।

यसैगरी चालू आबको सोही अबधिमा नेपालबाट कीर्गिस्तान ११ हजार रुपैयाँको मात्र निर्यात भएको तथ्याङ्कले देखाएको छ । तर सो अबधिमा नेपालबाट ७० अर्ब रुपैयाँ बराबरको बस्तु तथा सेवा निर्यात भएको छ ।

सुलभ अग्रवालले कीर्गिस्तानको अवैतानिक वाणिज्यदूत भएर दुईदेशबीचको व्यापार व्यवसाय वृद्धि तथा लगानी भित्र्याउन पहल गर्नुभन्दा पनि पदको दुरुपयोग गर्दै कालोधन्दामा लागेको उक्त तथ्याङ्कले देखाउँछ ।

‘सरकारले कुनै पनि व्यक्तिलाई अवैतानिक वाणिज्यदूत नियुक्त गर्ने भनेको सम्बन्धित देशसँग व्यापार व्यवसाय वृद्धि तथा देशमा वैदेशिक लगानी ल्याउनका लागि हो,’ एक व्यवसायीले भने, ‘अग्रवालले कीर्गिस्तानसँग व्यवापार व्यवसाय विस्तारको त कुरै छाडौं उल्टो उक्त पदको दुरुपयोग गर्दै निलो नम्बर प्लोटको गाडि प्रयोग गर्दै कालोबजारी गरे ।’

थर्मल गनको कालोबजारीमा प्रहरीले प्रक्राउ गरेको अग्रवाल हाल प्रहरी हिरासत दरबारमार्गमा रहेका छन् । उनलाई अदालतमार्फत ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL