Logo

जोन्टा क्लब अफ काडमाडौंको राहत, २४ सय परिवारलाई खाध्यन्न वितरण

जोन्टा क्लब अफ काडमाडौंको राहत, २४ सय परिवारलाई खाध्यन्न वितरण



काठमाडौं । जोन्टा क्लब अफ काडमाडौंले २४ परिवारलाई खाध्यन्न सहयोग गरेको छ । क्लबले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण दैनिक ज्याला मजदुरी गर्न नपाएका परिवारलाई खाध्यन्न सहयोग गरेको हो ।

क्लवले जोनसियन कमल तुलाधारको संयोजकत्वमा दैनिक ज्याला मजदुरहरुलाई खाद्यान्न प्याकेजहरु वितरण गरेर कोभिड—१९ संकटको सामना गर्न मद्दत गरिरहेको छ । उक्त प्याकेजमा चामल, दाल गेडागुडी, खाने तेल, चिउरा, नुन, चिनी र चियापत्ती रहेको छ ।

हालसम्म जोन्टाले बिजयश्वरी, बुढानिलकण्ठ, ढल्को, जागृतिनगर, जोरपाटी, लिलि, महांकाल, नार्गजुन, शंखमुल, सिनामङ्गल, थली, थापाथली, टोखा नगरपालिका र टेकु (बागमती क्षेत्र) का दैनिक ज्याला मजदुरहरुलाई १ हजार खाद्यान्न प्याकेजहरु वितरण गरिसकेको छ ।

क्लबले विकल्प, नेपाल महिला समाज, फुड फर लाइफ, आईसीडीओ, स्काई फाउन्डेशन र प्रन्डस् संगठनहरुसँग साझेदारी गरि उक्त खाध्यन्न सहयोग गरेको हो । ३ सय परिवारलाई मात्रै खाध्यन्न वितरण गर्ने लक्ष्य लिएको क्लबले साथ र सहयोगका आधारमा २४ सय परिवारलाई खाध्यन्न वितरण गरेको हो । जोन्टाले आगामी दिनहरुमा पनि खाद्यान्न प्याकेजहरु वितरण गर्न जारी राख्नेछ ।

प्रतिक्रिया दिनुहोस्