Logo

कोरोना संक्रमण : २४ घण्टामा परीक्षणका सबै नतिजा नेगेटिभ, ५ जना मात्रै रेडजोनमा

कोरोना संक्रमण : २४ घण्टामा परीक्षणका सबै नतिजा नेगेटिभ, ५ जना मात्रै रेडजोनमा



काठमाडौं । कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुना परीक्षण नेगेटिब आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले नियमित पत्रकार सम्मेलनमा बोल्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमण रिपोर्ट नेगेटिभ आएको बताएका हुन ।

धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका १ सय ९८ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो । जस मध्ये ६६ वटा नमुना परीक्षणको नतिजा नेगेटिभ आएको हो । बाँकीको भने रिपोर्ट नआईसकेको प्रवक्ता देबकोटाले जानकारी दिएका छन ।

उनकाअनुसार काठमाडौं उपत्यकाका क्वारेन्टाइन स्थलमा रहेकाहरुको पनि कोभिड–१९ को संक्रमण भए नभएको परीक्षण गर्ने तयारी भइरहेको छ । हाल सम्म क्वारेन्टाईनमा बस्नेको संख्या ७ हजार ९ सय ४० र आइसोलेशनमा बस्नेको संख्या १ सय १७ जना रहेको छ । जस मध्ये काठमाडौं उपत्यकामा १८ जना र उपत्यका बाहिर ९९ जना आइसोलेशनमा बसी रहेका छन । सरकारले गरेको सेल्फ परीक्षणका आधारमा पछिल्लो २४ घण्टामा ५ जना मात्रै रेडजोनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्