Logo

शुक्रबार र शनिबार काठमाडौं बाहिर जान बाटो खुला, सरकारले गर्याे यस्तो निर्णय

शुक्रबार र शनिबार काठमाडौं बाहिर जान बाटो खुला, सरकारले गर्याे यस्तो निर्णय



काठमाडौं । काठमाडौं उपत्यका बाहिर जान चाहने तर लकडाउनका कारण रोकिएका नागरिक शुक्रबार र सनीबार काठमाडौं बाहिर जान पाउने भएका छन ।

बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

इश्वरको निर्णयमा शंकरको आपत्ति, उपत्यका छाड्न चाहनेलाई घर पुर्याइदिने निर्णयबाट पछि हट्यो सरकार

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थाले पछि सरकारले यस्तो निर्णय गरेको हो । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ फर्कन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

सरकारले लामो दुरीका रुटमा सुरक्षाकर्मीले स्कर्टींग गरेर लैजाने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्