Logo

लोमसले ल्यायो ह्याण्ड स्यानिटाईजर ‘ह्याण्ड एक्स’, बजार मुल्य १५० रुपैयाँ

लोमसले ल्यायो ह्याण्ड स्यानिटाईजर ‘ह्याण्ड एक्स’, बजार मुल्य १५० रुपैयाँ



काठमाडौं । लोमस फार्मास्युटिकल कम्पनीले ह्याण्ड स्यानिटाईजरको उत्पादन सुरु गरेको छ । बजारमा ह्याण्ड स्यानिटाईजरको अभाव भए पछि लोमसले आफ्नो उत्पादन सुरु गरेको हो ।

कम्पनीले उत्पादन गरेको ह्याण्ड एक्स स्यानिटाईजर बजारमा ल्याएको छ । दैनिक १० हजार बोटल उत्पादन गरेर बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ । विश्वभर फैलिएको कोरोना भाईरसका कारण बजारमा स्यानिटाईजर अभाव भए पछि कम्पनीले उत्पादन सुरु गरेको हो ।

कम्पनीले संकटको बेलामा अहिलेको परिस्थितिलाई मध्येनजर गरेर गुणस्तरीय स्यानिटाईजर बजारमा ल्याएको जानकारी दिएको छ । साथै बजारमा चरम अभाव र कालोबजारीका कारण स्यानिटाईजर उत्पादन गरेर बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले बजारमा ल्याएको उक्त स्यानिटाईजर विश्व स्वास्थ्य संगठनलेसमेत मान्यता प्रदान गरिसकेको छ । बजारमा १ सय एमएलको एक सय ५० रुपैयाँ मुल्य पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL