Logo

कोभिड–१९ : संक्रमित भेटिएपछि सुदूरपश्चिमका सबै जिल्लाबाट नमूना संकलनको तयारी

कोभिड–१९ : संक्रमित भेटिएपछि सुदूरपश्चिमका सबै जिल्लाबाट नमूना संकलनको तयारी



काठमाडौं । कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा र्यापिट टेष्ट गर्ने भएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रदेशका नौवटै जिल्लामा र्यापिड टेष्टका लागि नमूना सङ्कलनको तयारी भइरहेको जानकारी दिएको छ ।

निर्देशनालय श्रोतका अनुसार ‘र्यापिड टेष्टका लागि ५ हजार किट मौज्दात छन । जस मध्ये ७ पहाडी जिल्लामा २ हजार ६ सय किट र तराईका कैलाली र कञ्चनपुरमा २ हजार ७ सय किट राखेर टेष्ट अगाडि बढाउने भईरहेको छ ।’ निर्देशनालय स्रोतले जिल्ला÷जिल्लाबाट र्यापिड टेष्ट गर्ने तयारी गरिरहेको भए पनि स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामग्री भने पर्याप्त नरहेको जानकारी दिएको छ ।

स्थापना गरिएका क्वारेन्टाइनमा दुई हजार ४०८ जना आश्रय लिइरहेका छन् । निर्देशनालयका अनुसार सुदूरपश्चिमभरि ३०१ स्थान क्वारेन्टाइनमा ५ हजार ४२ जनालाई राख्न मिल्छ । ५६ बालबालिका, १६६ महिला र दुई हजार १८६ जना पुरुष क्वारेन्टाइनमा बसेको भए पनि मङ्गलबारसम्म २५९ जनाको मात्रै स्वाब परीक्षणका लागि नमूना सङ्कलन भएको निर्देशनालयले जानकारी दिएको छ । परीक्षण रिपोर्ट आएकामध्ये चार जनामा कोरोना पोजेटिभ देखिएको छ भने १७० जनामा नेगेटिभ र ८५ जनाको रिपार्ट आउन बाँकी छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले आगामी एक साताभित्र सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणनियन्त्रणका लागि व्यस्थापकीय पक्ष मजबुत हुने बताएका छन । ‘एक सय ९४ जनाको स्वाब सङ्कलन भएर आज काठमाडौँ परीक्षणका लागि जाँदैछ’, निर्देशक डा अवस्थीले भने, ‘धनगढीको सेती प्रादेशिक अस्पतालमा दैनिक दश वटा नमूना मात्रै परीक्षण हँुदै आएको छ ।’ केन्द्रबाट दैनिक ९६ देखि १०० जनाको स्बाव परीक्षण गर्नसक्ने आरटीपीसीआर मेशिन सेनाको स्काइ ट्रकले धनगढी ल्याइपुर्याएको अवस्थीले बताए ।

‘यो मेशिन सञ्चालनमा ल्याउनासाथ परीक्षणले गति पाउँछ’, उनले भने, ‘क्वारेन्टाइनमा बस्नासाथ परीक्षण हुँदैन, मेडिकल साइन्सले क्वारेन्टाइनमा बसेका १०, ११ र १२ औँ दिनमा परीक्षण गर्न मिल्छ ।’ उनले जिल्ला अस्पतालमा पनि स्वाब र रगत नमूना सङ्कलनको काम भइरहेको जानकारी दिएका छन । उनले भने, ‘परीक्षणमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री पनि जुटाइँदैछ । सामग्रीको समस्या नै होइन, लकडाउन विविध कारणले ल्याउन समस्या भइरहेको छ ।’ कोरोना परीक्षणका लागि थप चार÷पाँच वटा मेशिन खरिदका लागि गहृकार्य भइरहेको अवस्थीको भनाइ छ ।

मंगलबारसम्म सुदूरपश्चिममा कैलालीमा पाँच जना, डडेल्धुरामा तीन, बाजुरा र डोटी जिल्ला अस्पतालमा एक÷एक गरी दश जना आइसोलेशन वार्डमा रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । स्थानीय संक्रमणबाट एक जना संक्रमित देखिनु, भारतमा पनि यसको संक्रमणदेखिनु र भारतबाट सबैभन्दा बढी नागरिक स्वदेश फर्किए पनि थोरै संख्यामा क्वारेन्टाइन बस्नुलगायतका कारणले सुदूरपश्चिम प्रदेशलाई संक्रमणको उच्च जोखिममा राखिएको हो ।

साथै स्तरीय परीक्षणशाला नहुनु, स्वास्थ्य सामग्रीको अभाव, विशेषज्ञ चिकित्सकको कमी र प्रदेशभरिमा एक मात्रै भेन्टिलेटर सेवा रहेको सुदूरपश्चिममा संक्रमणफैलिए स्थिति नियन्त्रणबाहिर जानसक्ने समेत आँकलन गरिएको छ । सुदूरपश्चिममा रहेको प्रादेशिक तथा जिल्ला अस्पतालमा लामो समयदेखि दरबन्दीअनुसार चिकित्सक छैनन् । सुदूरपश्चिममा फागुन महिनादेखि नै भारतबाट घर फर्किने क्रम बढे पनि चैतको दोस्रो साता संक्रमणको सन्त्रासले आउनेहरुको घुइँचो नै लागेको थियो । दार्चुलादेखि कञ्चनपुरको सीमावर्ती बजार बनबासासम्म करिब एक हजार ५०० नागरिक रहेको सुदूरपश्चिम प्रदेश सरकारले जानकारी दिएको छ ।

बाजुरामा ११७ जना क्वारेन्टाइनमा बसिरहेका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताएका छन । स्थानीयतहको समन्वयमा जिल्लामा बाहिरी जिल्ला र भारतबाट आएका नागरिकको तथ्याङ्क संकलन भइरहेको छ । स्थानीय तहले क्वारेन्टाइनमा बसेकाको खानपिनलगायत व्यवस्था मिलाएको उनले जानकरी दिएका छन । त्यसैगरी डोटीमा पनि नेपाली सेनाको अगुवाइमा चिकित्सकसहितको प्राविधिक टोली स्वाब÷रगत संकलनका लागि पुगिसकेको कोभिड–१९ डोटीका सम्र्पक व्यक्ति सूर्यबहादुर विष्टले बताए ‘तीनदेखि साढे ३०० जनासम्मको नमूना संकलन गर्ने योजना छ’, उनले भने, ‘यहाँका ६ वटा क्वारेन्टाइनमा एकसाथ संकलनको काम शुरु हुँदैछ ।’

उनले ६ जनाको चिकित्सक र ल्याब टेक्निसिनयको टोली स्वास्थ्य सामग्रीसहित हेलिकप्टरमा डोटी पुगेको जानकारी दिएका छन । मंगलबार सेनाको टोलीले अछाम र काठमाडाँैबाट आएका दुई वटा स्वास्थ्यकर्मीको टोलीले महेन्द्रनगर र कैलालीको लम्कीमा स्वाब संकलन गरेका थिए । सुदूरपश्चिम प्रदेश सरकारले महामारी नियन्त्रणका लागि उपमहानगरपालिकालाई ५ लाख, नगरपालिकालाई ४ लाख र गाउँपालिकालाई ३ लाख रुपैयाँ उपलब्ध गराएको छ । पछिल्लो समय सुदूरपश्चिमका नाकाबाट भारतबाट आउनेको संख्यामा कमी आएको छ ।

खुला सीमानाका कारण लुकीछिपी आउनेमाथि निगरानी बढाउन यहाँका सीमानाकामा सशस्त्र प्रहरी बलले अस्थायी पोष्ट स्थापना गरेर थप जनशक्ति परिचालन गरेको कञ्चनपुरस्थित सशस्त्र प्रहरी बलको श्री नं. ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले जानकारी दिएका छन । सीमा क्षेत्रमा थप ११ अस्थायी पोष्ट खडा गरी सर्तकता अपनाइएको साहुले जानकारी दिएका छन/रासस

प्रतिक्रिया दिनुहोस्