Logo

मुख्य सचिवमा डा सुवेदी नियुक्त,साउन २२ गतेबाट कार्यभार सम्हाल्ने

मुख्य सचिवमा डा सुवेदी नियुक्त,साउन २२ गतेबाट कार्यभार सम्हाल्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२० साउन,काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा डा सोमलाल सुवेदीलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को बुधबार विहान बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

सुवेदी ३२ बर्ष अगाडी खरिदार पदबाट निजामति सेवामा प्रवेश गरेका थिए । उनले स्थानीय विकास मन्त्रालयमा अधिकाशं समय काम गरेका छन् । खुला प्रतिस्पर्धाबाटै उपसचिव तथा सहसचिवमा नाम निकालेका सुवेदी सचिव भएपछि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

हालका मुख्य सचिव लीलामणि पौड्याल यही साउन २२ गतेबाट सेवा निवृत्त हुने छन् । सोही मितिबाट लागू हुने गरी डा सुवेदीलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL