Logo

कोरोना भाईरस संक्रमण : विश्वभर १४ लाख साढे ३१ हजार संक्रमित, मृतकको संख्या ८२ हजार नाघ्यो (अपडेट)

कोरोना भाईरस संक्रमण : विश्वभर १४ लाख साढे ३१ हजार संक्रमित, मृतकको संख्या ८२ हजार नाघ्यो (अपडेट)



काठमाडौं । कोरोना भाईरस (कोभिड १९) का कारण हालसम्म १४ लाख ३१ हजार ७ सय ६ जना संक्रमित भएका छन् । त्यस्तै मृतकको संख्या भने ८२ हजार ८० जना पुगिसकेको छ ।

लाईभ अपडेट गरिरहेका वोल्डमिर्टसको तथ्याङ्कअनुसार उपचार पछि निको हुनेको संख्या ३ लाख २ हजार १ सय ५० रहेको छ । विश्वका २ सय ९ ओटा देशमा फैलिसकेको उक्त भाईरसले सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा ४ लाख ४ सय १२ जना संक्रमित देखिएको छ भने ज्यान गुमाउनेको संख्या १२ हजार ८ सय ५४ जना पुगेको छ ।

स्पेनमा संक्रमितको संख्या १ लाख ४१ हजार ९ सय ४२ पुगेको छ भने मृतकको संख्या १४ हजार ४५ जना पुगेको छ । त्यस्तै इटालिमा संक्रमितको संख्या १ लाख ३५ हजार ५ सय ८६ जना पुगेको छ भने मृत्यु हुनेको संख्या १७ हजार १ सय २७ जना पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै फ्रान्समा ज्यान गुमाउनेको संख्या १० हजार ३ सय २८ पुगेको छ भने संक्रमितको संख्या १ लाख ९ हजार ६९ पुगेको छ ।

१ लाख ७ हजार ६ सय ६३ जना संक्रमित भएको जर्मनमा २ हजार १६ जनाले ज्यान गुमाईसकेको छ । चीनमा भने ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ३३ जना रहेको छ । उक्त भाईरसको केन्द्रबिन्दु चीनमा नै भए पनि हालसम्म संक्रमितको संख्या भने ८१ हजार ८ सय २ जना मात्रै रहेको छ । चीनको वुहानबाट सुरु भएको उक्त भाईरसले अहिले चीन भन्दा बढी युरोपियन देशहरुमा महामारीको रुपमा फैलिँदै गएको छ ।

उक्त भाईरसबाट १ हजार भन्दा बढीले ज्यान गुमाएका देशहरुमा ईरान, बेलायत, बेलजियम र नेदरल्याण्ड रहेका छन् । त्यस्तै १ सय भन्दा बढी र १ हजार भन्दा कम ज्यान गुमाउने देशहरुमा भने इन्डोनेसिया, मेक्सीको, पेरु, फिलिपिन्स, इक्वीडर, रोमनिया, पोल्याण्ड, डेनमार्क, भारत, आयरल्याण्ड, स्वीडेन, दक्षिण कोरिया, पोर्चुगल, अष्ट्रिया, ब्राजिल, क्यानाडा, स्वीजरल्याण्ड र टर्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्