Logo

कोरोना संक्रमित ८ जनाको स्वास्थ्य सामान्य, पछिल्लो २४ घण्टामा १७ जना रेडजोनमा

कोरोना संक्रमित ८ जनाको स्वास्थ्य सामान्य, पछिल्लो २४ घण्टामा १७ जना रेडजोनमा



काठमाडौंं । सरकारले कोभिड १९ (कोरोना भाईरस) संक्रमित ८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले नियमित पत्रकार सम्मेलनमा बोल्दै उक्त जानकारी दिएका हुन। उनले पछिल्लो २४ घण्टमा गरिएको नमुना परीक्षण पछि १७ जना रेडजोनमा रहेको र हालसम्म कुल १७२ जना रेडजोनमा रहेको जानकारी दिएका छन ।

मन्त्रालयले काठमाडौं उपत्यकामा १६ जना र उपत्यका बाहिर ८४ जना गरि कुल १ सय जना आईसोलेशनमा रहेको जानकारी दिएको छ । त्यस्तै क्वारेन्टाईनमा रहेकाहरुको संख्या भने ९ हजार २ सय २८ जना रहेको छ । सरकारले हालसम्म १७ सय ९६ जनाको नमुना परीक्षण गरेकोसमेत जानकारी दिएको छ ।

त्यस्तै संक्रमितको परिवारको ट्रेसिङ गर्ने कार्य करिब ९० प्रतिशत सम्पन्न भएको प्रवक्ता देबकोटाले जानकारी दिएका छन । सरकारले नमुना परीक्षण र स्वाव परीक्षणको दायरा समेत बढाएको मन्त्रालयले जानकारी दिएको छ । विरेन्द्र शैनिक अस्पतालका २६ जना स्वास्थ्य कर्मचारीहरुलाई कोरोना सम्बन्धि तालिमसमेत दिएको प्रवक्ता देबकोटाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्