Logo

कालोबजारीको आरोपमा सिएनआईका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ, ४ गुणा बढी मुल्यमा थर्मल गन बिक्री

कालोबजारीको आरोपमा सिएनआईका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ, ४ गुणा बढी मुल्यमा थर्मल गन बिक्री



काठमाडौं । जगदम्बा समुहका प्रबन्ध निर्देशक सुलभ अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । कालोबजारीको आरोपमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी हृदेय थापाले पक्राउ परेको जानकारी दिए ।

अग्रवालले थर्मलगन बिक्रीमा कालोबजारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कोरोना भाइरसको महामारीसँगै उनले ज्वरो नाप्ने थर्मगन कालोबजारी गरेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष समेत रहेका अग्रवाललाई प्रहरीले नक्सालबाट पक्राउ गरेको हो । साथै उनलाई थर्मलगन गाडीमा राखेर कालोबजारी गरेको अवस्थामा पक्राउ गरिएको एसपी थापाले जानकारी दिए । हाल उनलाई महानगरीय प्रहरी अपराध महाशाखामा राखिएको छ ।

अग्रवाललाई ६७ थान थर्मगन सहित महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । अग्रवालले ३ हजारदेखि ५ हजार रुपैयाँसम्म पर्ने सो थर्मल गनलाई अग्रवालले १५ हजार रुपैयाँसम्म बिक्री गरिरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

हाल उनलाई महानगरीय प्रहरी अपराध महाशाखामा राखिएको छ ।

प्रहरीले अग्रवाललाई ६७ थान थर्मगन सहित महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । अग्रवालले ३ हजारदेखि ५ हजार रुपैयाँसम्म पर्ने सो थर्मल गनलाई अग्रवालले १५ हजार रुपैयाँसम्म बिक्री गरिरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL