Logo

कोरोना कहर : एसइईपछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित (सूचनासहित)

कोरोना कहर : एसइईपछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित (सूचनासहित)



काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। बोर्डको आज बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

कक्षा १२ को परीक्षा वैशाख ८ र कक्षा ११ को परीक्षा वैशाख २१ मा गर्ने तालिका सार्वजनिक गरिएको थियो। ‘विद्यार्थी र अभिभावकप्रति पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ,’ बोर्डले मंगलबार निकालेको सूचनामा भनिएको छ, ‘विद्यार्थीले घरमै बसेर स्वअध्ययन तथा परीक्षाको तयारी गर्नुहोला।’

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै तत्काललाई कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरिएको परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार भएर सामान्य अवस्था सिर्जना भएपछि परीक्षाको नयाँ तालिका प्रकाशित गरिने बोर्डले जानकारी दिएको छ। यसअघि सरकारले चैतमा हुने माध्यमिक शिक्षा परीक्षा एसईई, त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयले लिने पूर्वनिर्धारित परीक्षा स्थगित गरेको थियो।

अब कक्षा १०, ११ र १२ को वार्षिक परीक्षाको नयाँ तालिका लकडाउन खुलेपछि सार्वजनिक गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL