Logo

लकडाउन अवधिभर पुरानै सवारी पास मान्य हुने, यस्तो छ व्यवस्था

लकडाउन अवधिभर पुरानै सवारी पास मान्य हुने, यस्तो छ व्यवस्था



काठमाडौ । लकडाउन अवधिभर पुरानै सवारी पास मान्य हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले यस अघि जारी गरेको सवारी पासलाई नै लकडाउन अवधिभर मान्यता दिने निर्णय गरेको हो । सरकारले ३ बैशाख सम्मका लागि पुन लकडाउनको समयावधि थप गरेपछि सो निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालयले यस अघि जारी गरेको सवारी पासको समयावधि आजसम्मका लागि भएपनि सरकारले लकडाउनको समय थप गरेकाले यस अघि जारी गरिएकै सवारी पासलाई निरन्तरता दिने निर्णय गरिएको काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले जानकारी दिए ।

उनले यस अघि विभिन्न मितिमा जारी गरिएको र सिनं समेत उल्लेख गरिएको पहिलो रंगको सवारी पासलाई नै लकडाउन अवधिभर मान्यता दिनेगरि निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL