Logo

कोरोना ट्रेसिङ एप संचालनमा ल्याउँदै सरकार, स्वयमसेविकालाई थप भत्ता

कोरोना ट्रेसिङ एप संचालनमा ल्याउँदै सरकार, स्वयमसेविकालाई थप भत्ता



काठमाडौं । सरकारले कोरोना रोकथामका लागि कोरोना ट्रेसिङ एप संचालनमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा डरलाग्दो रुपमा फैलिएको कोरोनालाई पच्छ्याउनका लागि सरकारले ट्रेसिङ एप संचालनमा ल्याउन लागिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

‘द्वूत गतिमा फैलिएको कारोना ट्रेसिङका लागि सरकारले केही दिनभित्रै एप संचालनमा ल्याउन लागेका छौं,’ उनले आफ्नो सम्बोधन मार्फत भने ।

यसैगरी सरकारले कारोना रोकथामका विरुद्व खटिने स्वयमसेविकाको भत्ता बढाएको छ । सरकारले हाल स्वयमसेविकाले खाईपाई आएको भत्तामा १ हजार ७ सय रुपैयाँ वृद्धि गरेको प्रम ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL