Logo

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने लाख, संक्रमितको संख्या साढे १३ लाख (अपडेट)

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने लाख, संक्रमितको संख्या साढे १३ लाख (अपडेट)



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण हालसम्म ७४ हजार ७ सय २ जनाले ज्यान गुमाएका छन् । डिसेम्बर अन्तिमदेखि चीनको वुहानबाट सुरु भएको उक्त भाईरस हाल विश्वका २ सय ९ ओटा देशमा फैलिसकेको छ । विश्वभर यो भाईरस संक्रमितको संख्या कुल १३ लाख ४६ हजार ९ सय ७४ जना पुगेको छ भने उपचार पछि निको भएर घर जानेको संख्या २ लाख ७८ हजार ६ सय ९८ जना रहेको छ ।

संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मात्रै १० हजार ८ सय ७६ जनाले ज्यान गुमाईसकेका छन भने ३ लाख ६७ हजार ३ सय ८५ जना संक्रमित देखिएका छन् । स्पेनमा ज्यान गुमाउनेको संख्या १३ हजार ३ सय ४१ जना पुगेको छ भने संक्रमितको संख्या १ लाख ३६ हजार ६ सय ७५ जना पुगेको वल्र्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार अहिलेसम्म ईटालिमा सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या रहेको छ ।

इटालिमा हालसम्म १६ हजार ५ सय २३ जनाले ज्यान गुमाईसकेको छ भने संक्रमितको संख्या १ लाख ३२ हजार ५ सय ४७ जना पुगेको छ । त्यस्तै १ लाख ३ हजार ३ सय ७५ जना संक्रमित भएको जर्मनमा १ हजार ८ सय १० जनाले ज्यान गुमाईसकेका छन । फ्रान्समा ८ हजार ९ सय ११ जनाले ज्यान गुमाएको छ भने संक्रमितको संख्या ९८ हजार १० जना पुगेको छ । चीनमा ३ हजार ३ सय ३१, इरान ३ हजार ७ सय ३९, बेलायत ५ हजार ३ सय ७३, टर्की ६ सय ४९, स्वीजरल्याण्ड ७ सय ६५, बेल्जियम १ हजार ६ सय ३२, नेदरल्याण्ड १ हजार ८ सय ६७, ब्राजिलमा ५ सय ६६ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्