Logo

भारतबाट भित्रिए खाद्यान्न र ग्यास बोकेका २ सय गाडि, खाद्यान्न आपूर्तिमा थप सहज हुने

भारतबाट भित्रिए खाद्यान्न र ग्यास बोकेका २ सय गाडि, खाद्यान्न आपूर्तिमा थप सहज हुने



काठमाडौं । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी नेपाल भित्रिएका छन् ।

पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याङकर, खाना पकाउने एलपिजी ग्यासका ५३ र मालवाहक ट्रक १७ भित्रिएको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

सोही नाकाबाट रिफाइन तेल बोकेका १४ गाडी र तीन कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर ३ मालवाहक ट्रक पनि भित्रिएको छ । लकडाउन पूर्णपालना गराउनका लागि पूर्ण रुपले कडाइ गरिएको छ । भारतसँग जोडिएका १०९ वटै नाकामा कडाइ गरी आवतजावत बन्द गरिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्