काठमाडौं । सरकारले कोरोना भाईरसका लागि आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु खरिद जीटुजीबाट गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको आईतबार बसेको बैठकले स्वास्थ्य सामग्री जीटुजी तथा निजी क्षेत्रसँगको प्रतिस्पर्धाका आधारमा खरिद गर्न सकिने गरी २ विकल्प राखेको हो ।
यस्तै सरकारले मुलुकभरका ५० हजार बढी स्वास्थ्य स्वयंसेविकालाई कोरोना भाईरसको उपचार कार्यमा लगाउने भएको छ । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण नेपाल पनि यसको मारमा छ । विभिन्न स्थानीय तहमा कोरोनाको रोकथामका लागि स्वास्थ्य स्वयंसेविकाहरुलाई खटाउने निर्णय गरेको हो ।
समितिको आईतबार बसेको बैठकले ग्रामिण स्वास्थ्य स्वयंसेविकालाई उचित भत्ता तथा बीमासहितको सुविधा दिएर परिचालन गर्ने निर्णय गरेको हो । यस्तै समितिले बीरामी रिसिभ गर्नका लािग सेनासहितको टोली बनाउने पनि निर्णय गरेको छ ।