Logo

आखिर कोरोनाको भ्याक्सिन निर्माणमा चीनले पायो सफलता, १४ जनामा परीक्षण सफल

आखिर कोरोनाको भ्याक्सिन निर्माणमा चीनले पायो सफलता, १४ जनामा परीक्षण सफल



काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोभिड १९ (कोरोना भाईरस) को सुई (भ्याक्सिन) चीनले नै पत्ता लगाएको छ ।

चीनमा आविष्कार गरिएको उक्त भ्याक्सिन लगाएका १४ जना चिनियाँ नागरिकहरु स्वस्थ रहेको डेलीमेलले जानकारी दिएको छ । सो भ्याक्सिन लगाएर उनीहरुलाई १४ दिन क्वारेन्टाईनमा राखेको थियो ।

१४ दिने क्वारेन्टाइनको बसाई पछि उनीहरु स्वस्थ भई घर फिर्ता भए पछि सो भ्याक्सिन सफल भएको डेलीमेलले जानकारी दिएको हो । शुक्रबारसम्म १०८ जना स्वंमसेवकहरुमध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गरिसकेका छन । उनीहरुलाई ६ महिनासम्म वैज्ञानिकहरुले निगरानीमा राख्नेछन ।

उनीहरुको रगतको नमूना लिएर एन्टीबाईटिजलाई शुक्ष्म रुपमा अनुसन्धान गरिने बैज्ञानिकहरुले बताएका छन । यदि उक्त भ्याक्सिन प्रभावकारी भएमा वैज्ञानिकहरुले विदेशमा थप अनुसन्धान गर्ने बताएका छन/एजेन्सी

प्रतिक्रिया दिनुहोस्