काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्ने भएको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा गर्ने निर्णय गरेको हो ।
जस अनुसार एक जिल्लाबाट अर्को जिल्ला, एक प्रदेशबाट अर्को प्रदेश तथा एक स्थानीय तहबाट अर्को स्थानीय ताहमा जान नपाईने निर्णय गरिएको अर्थ एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
पछिल्लो समय देशमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले उक्त निर्णय गरेको हो । सरकारले यहिँ चैत ११ गतेदेखि देशभर लकडाउन गरेको थियो । सो अबधिका मानिसहरुको चलहपल बढी भएसँगै थप कडाई गर्ने निर्णय गरेको हो ।
सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन चैत २५ गतेसम्म हुनेछ । त्यसपछि लकडाउन गर्ने सम्बन्धमा मन्त्रिपरिषद अर्को बैंठकले निर्णय गर्ने समेत उनले जानकारी दिए ।