Logo

केएल दुगड समुहको सामाजिक उत्तरदायित्व, बाँकेका ४ सय परिवारलाई खाध्य सामग्री वितरण

केएल दुगड समुहको सामाजिक उत्तरदायित्व, बाँकेका ४ सय परिवारलाई खाध्य सामग्री वितरण


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । केएल दुगड समुहले बाँकेको कोहलपुर नगरपालिकामा ४ सय परिवारलाई खाध्य सामग्री वितरण गरेको छ । समुहले नगरपालिकाको वार्ड न. ७, १४ तथा १५ मा चामल १० केजी, चक्की आटा २ केजि, दाल १ केजि, चना १ केजी र धारा तोरीको तेल १ लिटर गरि कुल १५ केजीको फेमिली प्याक वितरण गरेको हो ।

उक्त समुहले गरीब, असहाय, अपाङगहरुलाई वडा कार्यालयको समन्वयमा बितरण गरेको हो । उक्त खाद्य समाग्री बितरण गरिएको वडाका वडा अध्यक्षहरुको समेत सहभागिता रहेको दुगड समुहले जानकारी दिएको छ ।

कोरोना महामारीले गर्दा कोही पनि परिवार भोक भोकै बस्न नपरोस् भन्ने उद्देश्यले दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने असहाय, गरीब परिवारलाई उत्तः रहत वितरण गरेको हो ।

वडा कार्यालयको समन्वय तथा पहिचान गरेका पिडितलाई उक्त खाद्य सामग्री बितरण गरिएको दुगड समुहका प्रदिप छाजेडले जानकारी दिएका छन । सो समुहले बिपत्ति, अप्ठेरो, महामारी जस्ता रोगकाकारण विपदमा परेका परिवारलाई सहयोग गर्दै आइरहेको छ ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्