Logo

मनकारी राज्यमन्त्री मानन्धर, भोकै बसेका परिवारलाई घरमै पुगेर गरे रासन वितरण

मनकारी राज्यमन्त्री मानन्धर, भोकै बसेका परिवारलाई घरमै पुगेर गरे रासन वितरण



काठमाण्डौ । लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन हामी साथमा छौं भन्ने घोषणालाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कार्यान्वयनमा तीब्रता दिएका छन् ।आर्थिक अभाबमा खाद्यान्न खरिद गर्न नसकेर एक परिवार समस्यामा छ भन्ने थाहा पाएपछि मन्त्री मानन्धरको मोबाइलमा स्थानीयले घण्टी बजाउने काम गरेका थिए ।

केही दिन अघि काठमाण्डौमा कोही समस्यामा पर्नु भयो भने फोन गर्नुस भनेर मन्त्रीले आफ्नो नम्वर सार्वजनिक गरेका थिए । उक्त नम्वरमा फोन भएको सवा घण्टा पछि खाद्यान्न अभाव भएर बसेका एक परिवारलाई सहयोग सामाग्री बोकेर मन्त्री मानन्धर टुप्लुक्क पुगेका थिए । मन्त्रीले पर्सा जिल्ला घरभइ काठमाण्डौ चन्द्रागिरि नगरपालिका १३ मा डेरा गरि बसेका जौआद हुसेनको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।

दुई दिन देखि खाद्यान्न नभएर भोकै रहेका परिवारलाई स्थानीयको पहलमा मन्त्री मानन्धरलाई खवर भएपछि मन्त्री स्वयं खाद्यान्न लिएर पुगेका हुन् । मन्त्री मानन्धरले खाद्यान्न हस्तान्तरण गर्दा हुसेनको परिवार निक्कै भावुक बनेको थियो । कामगरेको ठाउँमा साहुले निकालि दिएपछि खाने खर्च पनि नभएको गुनासो हुसेनले मन्त्रीलाई सुनाएका थिए । मन्त्री रासन लिएर डेरामा आइपुग्दा अल्लाह आएजस्तो भएको हुसेनले भावुक हुँदै सुनाए ।

लकडाउनको समयमा अप्ठ्यारोमा परेका परिवारलाई मन्त्री मानन्धरले आफ्नै पहलमा सहयोग गर्दै आइरहेका छन् । यस अघि पनि एक बिरामी परिवारको गाडी पठाएर उद्दार गरेका थिए भने उनको सचिवालय अप्ठ्यारोमा परेको नागिरकलाई सहयोग गर्न तदारुक्ताका साथ लागिरहेको छ । हुसेनको परिवार जस्तै लकडाउनका कारण विभिन्न ठाउँमा नागरिकहरु समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्