Logo

जेष्ठ नागरिक र बालबालिकलाई विदुर कर परामर्शको खाध्यान्न सहयोग

जेष्ठ नागरिक र बालबालिकलाई विदुर कर परामर्शको खाध्यान्न सहयोग



काठमाडौं । नुवाकोटको विदुरस्थित विदुर कर परामर्श सेवाले अनाथ बालबालिका, जेष्ठ नागरिक र एचआईभी भएका नागरिकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

शनिबार कर परामर्शले विदुर नगरपालिका वडा नम्बर २ शिवालय टोलमा रहेको जनजाती कल्याण आश्रम नेपाल नाम गरेको संस्थाद्वारा सञ्चालित आमाको माया छात्राबासका अध्यक्ष सोमप्रसाद पाण्डेलाई विदुर नगरपालिका(२ का वडासदस्य राधाकृष्ण भण्डारीमार्फत् उक्त सामग्री हस्तान्तरण गरेका हुन् । यस्तै, त्रिशुली प्लसद्वारा भरणपोषण गरिरहेका एचआईभी लागेका व्यक्तिहरुको लागि पनि खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

कर परामर्शले विदुर नपा ५ मा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई विदुर नपा५ का वडासदस्य सिताराम रिमालले उक्त सामग्री उपलब्ध गरेका छन् ।

लकडाउनको असहजताका बेला अनाथ बालबालिका, जेष्ठ नागरिक र एचआईभी भएका नागरिकहरुलाई केहि राहत मिलोस् भन्ने उदेश्यले १२ बोरा चामल, १ बोरा दाल, २५ प्याकेट नुन, ३ बाकस सनफ्ल्वार तेल, २ बोरा आलु र तीन थान डिटोल ह्याण्ड वास गरी ३५ हजार बराबरको खाद्यान्न सामाग्री उपलब्ध गराएको विदुर करका प्रबन्धक निर्देशक तथा समाजसेवी दिनेशकुमार श्रेष्ठले बताए । आमाको माया छात्राबासमा २४ बालबालिका, त्रिशुली प्लसमा ४ र जेष्ठ नागरिक संरक्षणमा ३० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL