Logo

अब उपत्यका बाहिर ८ स्थानबाट कोरोना परीक्षण, ६ स्थानमा राखियो ल्याव

अब उपत्यका बाहिर ८ स्थानबाट कोरोना परीक्षण, ६ स्थानमा राखियो ल्याव



काठमाडौं । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिर ६ स्थानमा कोरोना भाईरस जाँच्ने उपकरण जडान गरेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार जनकपुर, धरान बिपी कोईराला स्वास्थ्य प्रतिष्ठान, हेटौंडा, पोखरा, धनगढी र सुर्खेतमा सो उपकरण जडान भईसकेको छ भने चितवन र बुटवलमा भने जडान कार्य अन्तिम भएको मन्त्रालयले जानकारी दिएको छ । चितवन र बुटवलको ल्याब संचालनमा आएसँगै ८ स्थानबाट कोरोना ल्याब टेष्ट हुनेछ ।

मन्त्रालयका प्रवक्ता विकास देबकोटाका अनुसार चितवन र बुटवलको जडान कार्य आजै सम्पन्न भई आईतबारबाट कोरोना संक्रमितको ल्याब टेष्ट हुनेछ । उनले नियमित पत्रकार सम्मेलनमार्फत काठमाडौं उपत्यकामा १४ र उपत्यका बाहिर ५४ जना गरि ६९ जना आइसोलेशनमा रहेको जानकारी दिएको छ ।

त्यस्तै मन्त्रालयले ब्यक्तिगत स्वास्थ्य उपकरणको अभाब भएकाले अनावश्यक प्रयोग नगर्न आग्रह गरेको छ । उनले अनावश्यक प्रयोग भई संचारमाध्यममा आएको भन्दै त्यस्तो कार्य नगर्न आग्रह गरेका हुन । नेपालको परस्थिती अनुसार क्वारेन्टाईनको अवधि बढ्न सक्ने भन्दै थप क्वारेन्टाईनमा बस्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

संक्रमितको संख्या ९ पुगे पनि १ जना भने निको भएर गएको भन्दै देबकोटाले बाँकी ८ जना मध्ये टेकु अस्पतालमा २ जना, बागलुङमा २ र धनगढीमा ४ जनाको उपचार भईरहेको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्