Logo

सार्क सम्मेलनका लागि २ दिन सार्वजनिक विदा, ४ दिन स्कुलकलेज पनि बन्द

सार्क सम्मेलनका लागि २ दिन सार्वजनिक विदा, ४ दिन स्कुलकलेज पनि बन्द


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता
२७ कात्तिक, काठमाडौं । सरकारले सार्क शिखर सम्मेलनलाई लक्षित गरी आगामी मंसिर १० र ११ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रीपरिषद्को विहिबार वसेको बैंठकले उक्त निर्णय गरेको हो । यस्तै, ४ दिनसम्म स्कुल तथा कलेज पनि बन्द गर्ने निर्णय गरेको छ ।
सम्मेलन अवधिभर सवारी जाम कम गर्न ५ दिनसम्म जोर र बिजोर नम्मबरका सवारीसाधन चल्न दिने भएको छ । जस अनुसार १ दिन जोर नम्बरका सवारीसाधन चल्नेछन् भने अर्को दिन बिजोर नम्बरका सवारीसाधन मात्र चल्नेछ । सम्मेलनका लागि आउने विदेशी पाहुनाको सुरक्षा र सवारी साधन ब्यवस्थापनका उक्त निर्णय गएिको मन्त्रीपरिषद्लले जानकारी दिएको छ ।
बैंठकमा उपप्रधान तथा गृह मन्त्री बामदेब गौतलमले मम्मेलनका लागि सम्पूर्ण तयारीका साथ सुरक्षा व्यवस्था समेत कडा पारिएको जानकारी गराएका थिए । सम्मेलनका लागि नेपाल आर्मीको संयोजनमा अन्य सुरक्षा निकायलाई खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL