Logo

नेपालमा थप ३ जनामा कोरोना भएको पुष्टि, पहिलो पटक नेपाल भित्रकै व्यक्तिमा कोरोना संक्रमण भेटियो (जिल्ला सहित)

नेपालमा थप ३ जनामा कोरोना भएको पुष्टि, पहिलो पटक नेपाल भित्रकै व्यक्तिमा कोरोना संक्रमण भेटियो (जिल्ला सहित)



काठमाडौं । नेपालमा थप ३ जनालाई कोरोना भाईरस भएको पुष्टि भएको छ ।

शनिबार थप ३ जनामा कोराना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, कैलालीको ३४ वर्षीय महिलालाई कोरानो भाइरस भएको पुष्टि भएको हो ।

महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)
योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

आज भएको थप ३ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्