Logo

शक्ति राष्ट्रहरु मास्कमा लडाइँ गर्दै, अमेरिकामाथि जर्मनीले लगायो ‘आधुनिक डकैती’ को आरोप

शक्ति राष्ट्रहरु मास्कमा लडाइँ गर्दै, अमेरिकामाथि जर्मनीले लगायो ‘आधुनिक डकैती’ को आरोप



काठमाडौं । जर्मनी लैजान लागेको मास्क अमेरिकाले डकैती गरेर लगेको आरोप लागेको छ । जर्मनी लैजानका लागि ठिक्क पारिएका २ लाख थान मास्क अमेरिकातर्फ लगिएपछि जर्मनीले अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप लगाएको हो ।

बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बीबीसीले जनाएको छ । जसले गर्दा बर्लिनको प्रहरीका निम्ति मगाइएका ती एफएफपीटू मास्क गन्तव्य पुग्न पाएनन् ।

बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको बताए । ट्रम्पले झन्डै २ लाख थान एन ९५ रेस्पिरेटर मास्क, १ लाख ३० हजार सर्जिकल मास्क तथा छ लाख पन्जा जफत गरेर अमेरिकी अधिकारीहरूले कब्जामा लिएको बताए । तर ती कहाँ त्यसरी जफत गरिएका हुन् भन्ने उनले खुलाएनन्।

तर जर्मन मन्त्री गिजेलले त्यसरी बर्लिन ल्याउन लागिएको मास्कलाई अन्यत्र लगिनु ‘आधुनिक डकैती’ सरह भएको बताए । साथै उनले ट्रम्प प्रशासनलाई व्यापारका नियम मान्न भनेका छन् । ‘आफ्नो एट्लान्टिक पारका साझेदारहरूसँग व्यवहार गर्ने यो उपयुक्त शैली होइन। विश्वव्यापी सङ्कटकै बेला पनि यस्ता जबरजस्ती गरिनुहुन्न,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्