Logo

४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन १ हप्ता थप्ने तयारी

४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन १ हप्ता थप्ने तयारी



काठमाडौं । आज अपराह्न ४ बजे मन्त्रिपरिषद बैंठक बस्ने भएको छ । पछिल्लो समय स्वास्थ्य सामग्री खरिदमा विवाद तथा सरकारको आलोचना बढ्दै गएपछि शनिवार पनि मन्त्रिपरिषद् बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।

सरकारले द्वूतमार्गबाट ठेकेदारमार्फत स्वास्थ्य सामग्री ल्याएसँगै भ्रष्टाचारको आरोपमा चौतर्फी विरोध हुँदै आएको छ । आज बस्ने मन्त्रिपरिषद बैंठकले त्यसका साथै सरकारले घोषणा गरेको लकडाउन र त्यसको प्रभावको विषयमा समेत छलफल गर्ने भएको छ ।

सरकारले घोषणा गरेको लकडाउनको समयाबधि यहिँ चैत २५ गते सकिँदै छ । त्यसपछि थप १ हप्ता थप्ने तयारी समेत भैरहेको उक्त स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL