Logo

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० हजार नजिक, संक्रमितको संख्या ११ लाख (अपडेट)

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० हजार नजिक, संक्रमितको संख्या ११ लाख (अपडेट)



काठमाडौं । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ५९ हजार १४१ जना पुगेको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको चीनको वुहानबाट फैलिएको यो संक्रमणका कारण अहिलेसम्म कुल १० लाख ९८ हजार ००६ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सम्म इटालीमा १४ हजार ६८१ जनाको मृत्यु भएको छ । यसैगरी स्पेनमा ११ हजार १९८, अमेरिका ७ हजार ३९२, फ्रान्समा ६ हजार ५०७ र चीनमा ३ हजार ३२२ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् ।

अमेरिकामा संक्रमित हुनेको संख्या २ लाख ७७ हजार १६१ जना पुगेको छ । अमेरिकापछि इटालीमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म इटालीमा १ लाख १९ हजार ८२७ जनामा संक्रमण देखिएको छ भने स्पेनमा १ लाख १९ हजार १९९ जनामा संक्रमण देखिएको छ । यसैगरी, चीनमा ८१ हजार ६२० र फ्रान्समा ६४ हजार ३३८ जनामा संक्रमण देखिएको छ ।

यस्तै, चीनमा ७६ हजार ५७१ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, इटालीमा १९ हजार ७५८, स्पेनमा ३० हजार ५१३, अमेरिकामा १२ हजार २८३ र फ्रान्समा १४ हजार ००८ जना उपचारपछि घर फर्किएका छन् । चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्