Logo

कोरोना भाईरसविरुद्धको खोप पत्ता लाग्यो, यस्तो छ अमेरिकी बैज्ञानिकको दाबी

कोरोना भाईरसविरुद्धको खोप पत्ता लाग्यो, यस्तो छ अमेरिकी बैज्ञानिकको दाबी



काठमाडौं । अमेरिकास्थित पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका वैज्ञानिकहरुले कोरोना भाईरस विरुद्धको खोप पत्ता लगाएको बताएका छन् ।बायोमेडिसिन जर्नलनमा बिहीबार प्रकाशित उनिहरुको प्रतिवेदनमा उनिहरुले पत्ता लगाएको खोपले विश्वमा फैलिईरहेको कोरोना भाईरसलाई रोक्न सकिने उल्लेख छ ।

उक्त खोप एक सानो औँलाजत्रो आकारको बोत्तलमा उपलब्ध हुनेछ । उक्त खोप मुसामा परिक्षण गर्दा यसले मुसाको शरिरमा भएका भाईरसहरुलाई नष्ट गर्ने काम गरेको थियो । र यसले मुसाको शरिरमा धेरैभन्दा धेरै प्रतिरक्षा प्रणालीको विकास गरेको थियो ।

वैज्ञानिकहरुले उक्त खोप चाँडै बाहिर ल्याउने समेत घोषणा गरेका छन् । वैज्ञानिकका अनुसार चर्चित २ भाईरस अर्थात सार्स कोभ २ र कोभिड १९ ले मानिसको शरिरमा एक निश्चित प्रोटिनको कमी ल्याउछन र सोही प्रोटिन विरुद्ध काम गर्छन । ‘हामीले उक्त भाईरसले हाम्रो शरिरको कुन भागमा असर गर्छ भन्ने पत्ता लगाएका छौं,’ वैज्ञानिकले भने ।

उक्त खोपले पहिलेका फ्लुवाला खोपहरुले जस्तै हाम्रो शरिरमा प्रतिरक्षा प्रणालीलाई मजबुत पार्ने काम पनि गर्छ । उक्त खोपले २ हप्ताको अवधिमा कोरोनालाई निर्मुल पार्न सक्छ ।

उक्त अनुसन्धानकर्ताहरुले उक्त खोप अमेरिकाको खाद्य तथा औषधि प्रशासनसँग समन्वय गरी स्विकृती लिएपछि मात्रै मानिसहरुका लागि परिक्षण गरिने बताएका छन् । यो एक सिरिन्जको सट्टा एक प्याचमा पाईनेछ जसले मानिसको शरिरको छालामा प्रतिरक्षा प्रणालीको विकास गरी कोरोना संक्रमणबाट बचाउनेछ ।

प्रतिक्रिया दिनुहोस्