Logo

जेम एण्ड ज्वेलरी काउन्सिल गठन गरिदै, गहनाको बजार विस्तारको उद्देश्य

जेम एण्ड ज्वेलरी काउन्सिल गठन गरिदै, गहनाको बजार विस्तारको उद्देश्य


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१८ साउन,काठमाडौं । नेपाल हस्तकला महासंघ,नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले संयुक्त रुपमा ‘नेपाल जेम एण्ड ज्वेलरी काउन्सिल’ गठन गर्ने भएको छ ।

नेपालको जेम तथा ज्वेलरीको प्रवद्र्धनका लागि काउन्सिल गठन गर्न लागिएको बताइएको छ । सोमबार एक कार्यक्रमबीच तीनै संघका अध्यक्षहरुले काउन्सिल गठन तथा कार्यसञ्चालन सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे ।

काउन्सिलको अध्यक्ष चक्रिय प्रणाली अनुसार ४ ४ महिनाका लागि कायम हुनेछ । जसअन्तर्गत पहिलो पटक काउन्सिलको अध्यक्षता नेपाल हस्तकला महासंघको अध्यक्ष हेमरत्न शाक्यले गर्नेछन् । काउन्सिलले नेपाली गरगहनाको राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजार विस्तारका लागि विभिन्न प्रवद्र्दनात्मक कार्य गर्ने बताइएको छ ।

त्यस्तै व्यवसायमैत्री वातावरण, प्रवद्र्धनात्मक किसिमका ऐन,नियम,निर्देशिका तर्जुमा गरी कार्यन्वयव गर्न राज्य एवं अन्य सम्वन्धित निकायलाई पहल गर्ने । गरगहनाको निर्यात, प्रवद्र्धनका लागि आवश्यक लबिङ गर्ने । क्षेत्रीय राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरका व्यापार मेला ,सेमिनार सञ्चालन गर्ने ।

यसैबीच नेपालका सुनचाँदी व्यवसायीह ‘३२औं इण्डिया इन्टरनेशनल ज्वेलरी शो’ मा सहभागी हुने भएको छ ।

भारतको जेम एण्ड ज्वेलरी एक्सर्पोट प्रमोशन काउन्सिलले आगामी ६ देखि १० तारिखसम्म मुम्बइमा आयोजना गरिने महोत्सबमा सहभागि हुन नेपाली प्रतिनिधी मण्डल मंगलवार भारततर्फ प्रस्थान गर्दैछन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश मर्हजनको नेतृत्वको ८२ सदस्यीय टोलि सहभागी हुने बताइएको छ ।

ज्वेलरी उद्योगको अवलोकन पनि गर्ने छन् । महासंघको जेमोलोजिकल् इन्स्टीच्यट अफ अमेरिकासँग जेम एण्ड ज्वेलरी क्षेत्रको विकास गर्न विभिन्न प्रशिक्षण कक्षाहरु सञ्चालन सम्वन्धि समmभदारी पत्रमा हस्ताक्षर गरिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL