Logo

सरकारको कोरोना कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहको २ करोड सहयोग

सरकारको कोरोना कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहको २ करोड सहयोग



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

मंगलबार पूर्वराजा शाहले एक प्रेस वक्तव्य जारी गर्दै २ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन । उनले ‘दुःख,कष्ट र आपत,विपदको यो घडीमा सबैका साथमा साथ दिन हमानी कोषलाई २ करोड दिई नेपाल सरकारलाई दाखिला गरेको बताएका हुन ।

पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्