Logo

कोरोना महामारी : टेलिकन्फ्रेन्सको लागि पाटन अस्पताललाई तोकियो, नमुना परीक्षण गर्न ८७ जना आईसोलेशनमा

कोरोना महामारी : टेलिकन्फ्रेन्सको लागि पाटन अस्पताललाई तोकियो, नमुना परीक्षण गर्न ८७ जना आईसोलेशनमा



काठमाडौं । कोरोना संक्रमणसम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन अस्पताललाई टेलिकन्फ्रेन्सको लागि तोकेको छ । अस्पतालले विदेशमा रहेका बिभिन्न बिज्ञहरुसँग नेपाललाई आवश्यकताअनुसार सम्पर्क गरि रिपोर्ट लिने र समन्वय गर्ने काम गर्ने मन्त्रालयका प्रवक्ता विकास देबकोटाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले बिभिन्न अस्पतालहरुले ज्वरोको विरामी समेत भर्ना नगरि मृत्युको मुखमा पुगेको भन्दै त्यस्तो नगर्न र ईमरजेन्सी भर्ना गराई उपचार गराउन मन्त्रालयले निर्देशन दिईसकको बताए । त्यस्तै हाल र्आइसोलेशनमा रहेका बिरामीको संख्या भने ८७ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता देबकोटाका अनुसार टेकु अस्पतालमा १० जना र बिभिन्न प्रदेशमा ७७ जना रहेका छन । ति विरामीहरुलाई नमूना परीक्षणका लागि राखिएकोसमेत प्रवक्ता देबकोटाले जानकारी दिए । त्यस्तै उनले सरकारले लकडाउनलाई कडा गर्ने समेत जानकारी दिएका छन । विश्वब्यापी रुपमा बढ्दै गएको कोभिड १९ (कोरोना भाईरस) का कारण हजारौंले ज्यान गुमाएको भन्दै नेपालमा लकडाउनको स्थितिलाई सरकारले थप कडाई गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्