Logo

अर्थमन्त्री भन्छन्, ‘बजेट छिटो कार्यान्वयन गर’

अर्थमन्त्री भन्छन्, ‘बजेट छिटो कार्यान्वयन गर’


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१६ साउन,काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले बजेट कार्यान्वयन बर्ष सफल पार्न विभिन्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । शुक्रबार एक कार्यक्रमबीच उनले यस्तो निर्देशन दिएका हुन् ।

सो कार्यक्रममा प्राय सबै मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो । उनले अर्थमन्त्रालयबाट साउन १ गते नै सबै मन्त्रालयहरुमा खर्चको खख्तियारी गइसकेको जानकारी दिए । ‘सार्वजनिक खरिद सम्वन्धी ऐन यसै अधिवेशनबाट पारित हुनेछ’ उनले भने ‘अव काम गर्नका लागि कसैलाई पनि कुनै बाहनाबाजी पर्याप्त छैन ।’ काम गरेर देखाउन निर्देशन दिदै अर्थमन्त्री डा महतले पुनर्निर्माण प्राधिकरण गठन गर्न ढिलाई भयो भनेर काम नपन्छाउन समेत अनुरोध गरे । मन्त्रालयले खर्च गर्नेगरी रकम छुट्याइएको जनकारी दिदै कार्यक्रमको प्राथमिकीकरण, डिजाइन, कार्यविधि निर्माणका रोक नभएको बताए ।

डा महतले बजेट राम्रो भएर के गर्ने कार्यान्वयन हुन कठिन छ भन्ने उक्ति आफूले अक्सर सुन्ने गरेको बताए । साथै सबै दृष्टिबाट बजेट छिटो कार्यान्वयन गर्ने माहोल बनेको सचिवहरुलाई जानकारी दिए । गत आर्थिक बर्षको बजेटमा उल्लेख भएका थुप्रै आर्थिक सुधारसँग सम्वन्धित विधेयकहरु संसदमा गैसकेकोले सबै विधेयकहरुलाई छिटोभन्दा छिटो संसदमा पु¥याउने व्यवस्था गर्न आदेश दिएका थिए ।

आर्थिक सुधार कार्यक्रमलाई छिटो अघि बढाउनु आवश्यक छ । नेपालको वैदेशिक व्यापारघाटा डरलाग्दो अवस्थामा पुगेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले स्वदेशका उद्योगधन्दाहरुका समस्या समाधान गरी निर्यात बढाउन केन्द्रीय बैंकको तर्फबाट ल्याउनुपर्ने प्रोत्साहनमूलक कार्यक्रमहरु छिटो ल्याउनुपर्नेमा जोड दिए । उखु कृषकका समस्या, उद्योगीका समस्या, डेरी व्यवसायीका समस्याहरु तत्काल समाधान गर्नुपर्ने उनको भनाई थियो । उद्योगलाई बचाउने गरी पुनर्कर्जा सुविधामार्फत प्रोत्साहनका कार्यक्रमहरु छिटो ल्याउनु आवश्यक छ ।

यसका लागि रकम छुट्याउने मात्र होइन, विस्तृत अध्ययन गरी नतिजामुखी सुविधाहरु दिनुपर्ने अर्थमन्त्रीको भनाई थियो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दप्रसाद पोखरेलले बजेटलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नका लागि संस्थागत क्षमतामा वृद्धि गर्नुपर्नेमा जोड दिए । त्यसैगरी अर्थसचिव सुमनप्रसाद शर्माले पुनर्निर्माण प्राधिकरण गठनका कामहरु छिटो गरिनुपर्नेमा जोड दिदै काम पूरा गरिएसँगै भुक्तानी तत्काल दिने व्यवस्था पनि हुनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL