Logo

लकडाउन उल्लंघन गरेका युवक कुट्ने सशस्त्र प्रहरी निलम्बित

लकडाउन उल्लंघन गरेका युवक कुट्ने सशस्त्र प्रहरी निलम्बित



काठमाडौं । लकडाउनको समयमा सप्तरीका दुई युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई निलम्बन गरिएको छ ।

ति युवक औषधि किनेर सीमावर्ती क्षेत्र भारतबाट आइरहेको अवस्थामा प्रहरीले कुटपिट गरेको भिडियो भाईरल भए पछि प्रहरीले जवानलाई निलम्बन गरेको हो भने अर्का एक जवानलाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको छ ।

दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज चौधरीलाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अर्का जवान केशव थापा मगरलाई सदरमुकाम राजविराज तानिएको छ ।

मगरलाई हाल अनुसन्धान गरिरहेको र उनलाई समेत कारवाही गर्ने तयारीमा रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको कुटाईबाट बलान बिहुल गाउपालिका ३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादव घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL