Logo

क्यानभास नाइट्रो २ ई ३११ को मूल्य घट्यो, अब १८ हजार २ सयमा किन्न सकिने

क्यानभास नाइट्रो २ ई ३११ को मूल्य घट्यो, अब १८ हजार २ सयमा किन्न सकिने


रामराजा श्रेष्ठ
0
Shares

 बिजखबर संबाददाता

१६ साउन,काठमाडौं । नेपालमा माइक्रोम्याक्स क्यानभास नाइट्रो २ ई ३११ को बजार मूल्य घटेको छ ।

माइक्रोम्याक्सको नेपालका लागि आधिकारिक विक्रेता पशुपति ट्रेडलिंकले सो फोनको मूल्य घटाएर १८ हजार २ सय ६० रुपैयाँमा झारेको हो । यस अघि सो फोनको बजार मूल्य २१ हजार १ सय २० रुपैयाँमा तोकिएको थियो ।

नाइट्रो २ ई ३११ मा क्यामराः अगाडि ५ मेगापीक्सेल र पछाडि १३ मेगापीक्सेल एलइडी फ्ल्यास क्यामरा छ । २ जीवीको र्याम, १६ जीबी इन्टरनल तथा ३२ जीबी सम्म बढाउन मिल्ने मेमोरी सो फोनमा छ । एन्ड्रोइड ४.४ किटक्याट अपरेटिङ सिस्टमः रहेको सो मोवाइलमा २४ सय एमएचको व्याट्रि छ ।

प्रतिक्रिया दिनुहोस्
MBL