Logo

सातै प्रदेशमा सरकारले पठायो कोरोना रोकथाम स्वास्थ्य सामग्री, सेनाको हेलिकप्टरमार्फत लगियो सुर्खेत

सातै प्रदेशमा सरकारले पठायो कोरोना रोकथाम स्वास्थ्य सामग्री, सेनाको हेलिकप्टरमार्फत लगियो सुर्खेत



काठमाडौ । सरकारले कोभिड १९ नियन्त्रण गर्न चीनबाट ल्याएका सामाग्री सोमबाारबाट सातै प्रदेशमा वितरण सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सेवा विभागका महानिर्देश महेन्द्र प्रसाद श्रेष्ठका अनुसार कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टरमार्फत सामान पुगिसकेको छ ।

सोही हेलिकप्टेरले सुदुरपश्चिम प्रदेशको धनगढीमा पनि सामान लैजाने तयारी गरिरहेको श्रेष्ठले जानकारी दिएका छन । श्रेष्ठका अनुसार कर्णाली र सुदुुर पश्चिम बाहेक हेलिकप्टरबाट विराटनगरमा समेत सामग्री पुर्याईसकेको छ । अन्य प्रदेश भने स्थलमार्गबाट सामान लिएर गाडी गईसकेको छ । सरकारले सातै प्रदेशमा ल्याव संचालन गरेर कोविड १९ को परीक्षण गर्ने तयारी समेत गरेको छ ।

प्रदेश स्तरमा रहेका अस्पतालहरुका ल्याव स्तरवृद्धि गरी संचालन सम्भाव्यताको लागि ल्याव विज्ञहरुको टोली पनि पठाइसकिएको डा. खेम कार्कीले जानकारी दिएका छन । प्रदेशका ल्यावको स्तर वृद्धीसँगै चीनबाट ल्याइएका प्रोटेवल पिसिआर मेसिन व्याकअपकोलागि पठाइने छ ।

प्रदेशमा पठाएका सामाग्रीहरु भने पिपिइ १/१ हजार थान, सर्जीकल माक्स १०/१० हजार, पञ्जा २/२ हजार, एन ९५ माक्स १/१ हजार थान रहेको छ भने थप सामग्रीहरु गाडीबाट पठाउँदै गरेको श्रेष्ठले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्